कलिङ भिसा लागेकालाई श्रम स्वीकृति दिइने

135

छिनछिन खबर
काठमाडौं– गत जेठ २ गते अघि नै कलिङ भिसा पाएका करिब सात हजार युवा रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभागले कलिङ भिसा लिएकालाई सोमबारदेखि श्रम स्वीकृति प्रदान गर्न श्रम कार्यालयलाई पत्राचार गरेको छ ।

विभागले मलेसियन राजदूताबासबाट भिसा स्वीकृति गराउन बैदेशिक रोजगार व्याबसायीसंघलाई जिम्मा समेत दिइ सकेको छ । नयाँका लागि भने कहिले खुल्छ भन्नेबारे यकिन छैन ।

Womui
Womui