पर्यटनमन्त्री सहित निधन भएका र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त रुपमा श्रद्धाञ्जली

36

छिनछिन खबर
काठमाडौं,फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले निधन भएका पर्यटनमन्त्री र पूर्वअर्थमन्त्री असाधारण व्यक्ति भएको स्मरण गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीका कामलाई कसैले बिर्सनै नसक्ने बताएका छन् ।

‘संस्कति,नागरिक उड्ययन र पर्यटनको क्षेत्रमा एक वर्षमा गरेका काम असाधारण भएको बताएका छन् । केही पनि काम भएन, हुँदै भएन भन्ने गरिएको छ । यो त मान्छेको बानी नै हो । पूर्वअर्थमन्त्री अधिकारीलाई जेलनेल भोगेको एक सच्चा नेता भएको अध्यक्ष ओलीले उल्लेख गरे ।

आङ छिरिङ शेर्पाले छोटो समयमा पर्यटनको क्षेत्रमा असाधारण प्रगति गरेको स्मरण गरे । शेर्पाले आर्थिक क्षेत्रमा फैलाएको साम्रज्य नचाहिने कार्यबाट आर्जित नभएको प्रष्ट पारे।

ओलीले दिवंगत सुरक्षा निकाय र कर्मचारीको आफन्तको लागि आर्थिक सहायता तथा रोजगारीको व्यवस्था गर्ने वचन दिए । अर्का अध्यक्ष प्रचण्डले पूर्वअर्थमन्त्री अधिकारी पार्टीको अभिभावकका रुपमा भएको स्मरण गरे । पर्यटनमन्त्री अधिकारी युवा नेताको रुपमा गहिरो छाप छोडेर गएको उनको भनाइ थियो ।

‘बाचुन्जेल राम्रै काम मात्रै गरेर विदा हुनु ठूलो कुरा रहेछ । समाज रुपान्तरणको लागि हरदम लागिरहने कार्य सामान्य मान्छेले गर्ने कार्य होइन रहेछ,’ उनले भने, ‘सरदर व्यक्तिभन्दा माथि उठेको नेताले मात्रै निष्ठाको राजनीति गर्न सक्छ ।’

व्यक्तिको मृत्यु हुँदा रित्तै र नांगै जाने बिर्सेर व्यक्तिले नकारात्मक कामप्रति उद्धत हुने गरेको भन्दै सत्मार्गमा हिड्न आग्रह गरे । ‘नराम्रो काम गरे या त हिसाबै गर्दैनन् गरे भने नकारात्मक गर्छन्’ उनले भने, ’मृत्यु र जीवन कस्तो रोज्ने दुई नेता मृत्युपछि सोच्न प्रेरित गरेको छ ।’ गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । नेकपाका नेता तथा पूर्व अर्थमन्त्रीको गत शनिबार उपचारका क्रममा निधन भएको थियो ।

Womui
Womui