भ्रष्टाचार काण्डमा उपराष्ट्रपतिका छोरा दीपेस पुन तानिँदै, अख्तियारद्वारा बयान लिने तयारी

95

छिनछिन खबर
काठमाडौं– नेपालमा पहुँचवाला व्यक्ति र तिनका आफन्तले शक्ति र पदको दुरुपयोग गर्ने प्रचलन नयाँ होइन । यही श्रृखंलामा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेस जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति का छोरा दीपेस जोडिएके पाइएपछि बयान लिने तयारी गरेको छ ।

उपराष्ट्रपतिका छोरासँगै अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा सोही प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग पनि बयान लिने तयारी भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिँदै छ । रााजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए । अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति (पीआर) पाएका लम्बोदर र अर्का सञ्चालक दीपक भट्टराईबीच इन्जिनियरिङ कलेजको स्वामित्वका विषयमा विवाद छ ।

न्यौपाने पक्षले इन्जिनियरिङ कलेजलाई निजी भन्दै आएको छ भने भट्टराई पक्षले समुदायबाट सञ्चालित गैरमुनाफामूलक भएको बताउँदै आएको छ । विगत दुई वर्षदेखि भट्टराई पक्षले लम्बोदर पक्षलाई कलेजमा प्रवेश गर्न दिएको छैन । उक्त विवाद मिलाउन लम्बोदर राजपा नेतामार्फत तत्कालीन आयुक्त पाठककहाँ पुगेका थिए । सोही क्रममा उपराष्ट्रपतिका छोरा पनि सामेल भएका थिए ।

Womui
Womui