नेकपाका असन्तुष्ट समूहले बुझाए समानान्तर प्रतिवेदन, प्रतिवेदन तयार नहुनुमा विष्णु पौडेल र रामबहादुर थापा दोषी रहेको ठहर

25

छिनछिन खबर
काठमाडौँ–नेकपाको पार्टी एकीकरणका लागि तयार तयार भएको प्रतिवेदन असन्तुष्ट समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । ७ पृष्ठ लामो प्रतिवेदन ओलीलाई बुझाएको हो । पाँच जना कार्यदलका सदस्यको असन्तुष्टीसहित प्रतिबेदन बुझाइएको छ ।

बुझाइएको प्रतिवेदनमा कार्यदलका संयोजक रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेलप्रति तीव्र असन्तुष्टी जनाइएको छ । दुई जनाका कारण शक्तिशाली कार्यदल बन्धक बनेको प्रतिवेदनमा उल्लेख छ । संयोजक थापा र महासचिव पौडेलले कार्यदललाई काम गर्न नदिएको भन्दै र त्यसैका कारण भंग हुने अबस्थामा पुगेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनमा स्थायी कमिटिले बनाएको कार्यदल सचिवालयले भंग गर्ने निर्णय पार्टी विधान विपरित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कार्यदल सदस्यहरु सुरेन्द्र पाण्डे, बर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टको नाम रहेको छ । प्रतिवेदनमा कार्यदलका बहुमत सदस्यहरुले विवाद भएको विषयलाई थाँती राख्दै अन्य विषयमा छलफल गर्ने प्रस्ताव राख्दाराख्दै पनि संयोजकले गम्भीर रुपमा नलिएको र अपुरो प्रतिवेदन बुझाएको जनाइएको छ ।

Womui
Womui