भारतको काश्मिरमा यसरी भएको थियो सुरक्षाकर्मीमाथि आक्रमण

111

छिनछिन खबर
काठमाडौं– भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजमाथि गरिएको आक्रमणमा ४२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीलाई समूहलाई लक्षित गरी थापिएको एम्बुसमा ती सुरक्षाकर्मीको मृत्यु भएको हो ।

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएको अधिकारीहरूले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् । सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण काश्मिर अशान्त रहँदै आएको छ ।

Womui
Womui