निर्मला पन्तको न्यायका लागि परिवार र स्थानीय हत्यारा खोजीको माग गर्दै प्रदर्शन

159

छिनछिन खबर

कन्चनपुर, कात्तिक १४ । १३ वर्षीय बालिका निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै निर्मलाको परिवारसहित नागरिक समाजले मुख्यमन्त्री कार्यालय परिसरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा निर्मलाको बुबा, आमा, बहिनी र भाइसमेत सहभागी छन् ।

निर्मलाको हत्या भएको यति धेरै समय बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । उनी गत साउन १० गते साथीको घर स्कुलको गृहकार्य गर्न भनी गएकी थिईन ।

गृहकार्य सकेर घर फर्कने क्रममा उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

Womui
Womui