दशैंमा साटिए १२ अर्ब नयाँ नोट

119

छिनछिन खबर
काठमाडौं, कात्तिक ५ । यसपटकको दशैंमा सर्वसाधारणले १२ अर्ब रुपैयाँ नयाँ नोट साटेका छन् । नेपाल राष्ट्र बैंक र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएका थिए ।


राष्ट्र बैंकको नोट विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाका अनुसार दशैंका लागि राष्ट्र बैंकले १२ अर्ब नयाँ नोट बजारमा पठाएको थियो । एक जना ब्यक्तिले ५, १०, २० र ५० रुपैयाँ दरका दुई÷दुई पाकेट र १०० रुपैयाँ दरका एक पाकेट गरी जम्मा २७ हजार रुपैयाँसम्मका नयाँ नोट उपलब्ध गराइएको कार्यकारी निर्देशक निरौलाले जानकारी दिए ।

Womui
Womui