शिक्षामन्त्रीको राजीनामा डा. गोविन्द केसीको माग

37

छिनछिन खबर
काठमाडौं, असोज १२ । चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

‘अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण रहेको केसीको भनाइ छ ।

केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आफूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनले बताएका छन् ।

‘जनताबाट निर्वा्चित जनप्रतिनिधिले आफ्ना जनताका लागि बनाउनुपर्ने यस्ता बृहत्तर जनहितका नीति नियम अझ हामीले नै पटक पटक लडी बनाउन बाध्य बनाउने अवस्था सिर्जना हुनु आफैमा लज्जाजनक छ’ उनले भनेका छन् । माग पुरा नभए केसीले फेरी अनशन बस्ने जानकारी दिएका छन् ।

Womui
Womui