दशैँका लागि अग्रीम टिकट बुकिङ खुला

227

छिनछिन खबर
काठमाडौं, असोज ९ । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी मंगलबारदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यसअघि नै अग्रिम टिकट बुकिङ खुल्ने भनिए पनि विवादका कारण सुरु हुन सकेको थिएन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यातायता व्यवसायी डोलनाथ खनालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि टिकट बुकिङ खुलाउने निर्णय गरिएको बताए । महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापनलगायतका समिति पनि बनाएको छ ।

वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाएबारे अनुगमन गर्ने पनि महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बता ।

Womui
Womui