सरकार र यातायात व्यवसायीबीचको कुरा नमिल्दा दसैंका लागि अग्रिम टिकट बुकिङ अन्योल कायमै

64

छिनछिन खबर
काठमाडौं, असोज ५ । सरकार र यातायात व्यवसायीबीच कुरा नमिल्दा दसैंका लागि अग्रिम बुकिङ अन्योल कायमै रहेको छ । बुकिङ खुलाउने विषयमा शुक्रबार यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल बिनानिष्कर्ष टुंगियो । छलफलमा यातायात व्यवसायीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता भएमात्रै अग्रिम बुकिङ टिकट खुलाउने अडान लिएका कारण वार्ता टुंगोमा नपुगेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

उनले प्रालि अन्तर्गतका व्यवसायी र केही समितिले टिकट खुलाइसकेको जानकारी दिएका छन् ।  विभागले जुनसुकै बेला बोलाउने वार्तामा आफूहरु जाने व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । यसअघि सरकार र व्यवसायी बीच असोज ५ गतेदेखि बुकिङ टिकट खुला गर्ने सहमति भएको थियो । तर, सहमतिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै व्यवसायीले बिहीबार अग्रिम टिकट नखुलाउने निर्णय गरेका थिए ।

Womui
Womui