अफगानिस्तान प्रिमियर लिगमा नेपालका ३ खेलाडी

103

छिनछिन खबर
काठमाडौं, भदौ २४ । अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताको पहिलो चरणमा नेपालका ३ खेलाडी परेका छन् । आगामी आसोज १९ देखि कात्तिक २ सम्म युएईको शारजाहमा हुने एपिएलमा पहिलो चरणकमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, तीव्र गतिका बलर सोमपाल कामी र युवा लेग स्पिनर सन्दीप लामिछाने परेका हुन् । सन्दीप लामिछाने र सोमपालले एउटै एजेन्टमार्तफ नाम दर्ता गराएको छ ।


पारस र सोमपाल टेस्ट राष्ट्रले आयोजना गर्ने टी–२० लिगमा पहिलो पटक परेका हुन् । सन्दीप भने यसअघि बंगलादेश (बिपिएल), पाकिस्तान (पिएसएल), भारत (आइपिएल) र वेस्ट इन्डिज (सिपिएल) ले आयोजना गर्ने टी–२० लिगमा परेका थिए ।

Womui
Womui