म्यानमारका राष्ट्रपति मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना

34

छिनछिन खबर
काठमाडौं, भदौ १३ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङमा खटिएका प्रहरीको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी एक प्रहरी घाइते भएका छन् । राष्ट्रपति मिन्ट सोल्टी होटलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा कालिमाटीमा दुर्घटना भएको हो ।


दुर्घटनामा परेर प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएको प्रहरी वित्त कालिमाटीले जानकारी दिएको छ । राष्ट्रपति मिन्ट लुम्बिनी भ्रमणका लागि विमानस्थल जाने क्रममा उक्त दुर्घटना भएको हो । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको बारमा ठोक्किएको थियो ।

Womui
Womui