औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ

121

छिनछिन खबर
काठमाडौं , साउन २६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता जनाएका हुन् । भेटका क्रममा उनले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि लगायत क्षेत्रको सुधार गर्दै समग्र रुपमा मुलुकको आर्थिक अवस्था उकास्नमा सरकार लागिरहेको बताए ।स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायीहरुमा सर्वत्र त्रास फैलिएको भन्दै महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघकी अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य, पूराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताइन् । भेटमा प्रधानमन्त्रीले उद्योग क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन भनेको पनि उनले जानकारी दिइन् ।पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफुहरुलाई आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् ।

Womui
Womui