गाईलाई ५ सय सुत्केरी भत्ता

132

रत्ननगर, साउन ५ । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन सुरु गरिएको हो । ‘अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्य्विधि बनेपछि वितरण सुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पु¥याउनुपर्ने हुन्छ,’ उनले भने ।

भत्तास्वरुप प्रतिगाईले ५०० रुपैयाँ पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहन दिलाउनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ । प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले ५०० मात्रै दिन लागेको हो । रत्ननगर नगरपालिका क्षेत्रमा करिब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् र स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ भन्ने अनुमानले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ छ । यसका लागि ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुसालले बताए । ‘यो रकमले केही हुने त होइन तर पनि सम्बोधन ग¥यो, सम्झ्यो भन्ने हुन्छ नि,’ उनले थपे । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिननसक्दा धेरै व्यवसायी पलायन भइरहेको समेत किसान भुसालले बताए ।
रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतको दुईवटा गाई ब्याउने छन् । ‘अब गाई ब्याउने वित्तिकै खबर गर्छु,’ उनले खुशी व्यक्त गर्दै भने । रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउने छन् ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक नै भएपनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए ।रत्ननगमा प्रति लिटर दूधको एक रुपैयाँ अनुदानका कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ । यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले आठ लाख अनुदान वितरण गरेको जनाएको छ ।
रासस

Womui
Womui