चिकित्सक संघद्वारा देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने

53

छिनछिन खबर
काठमाडौं, साउन २ । नेपाल चिकित्सक संघले बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी उक्त कुराको घोषणा गरेको हो । सरकारले नै बनाएका विज्ञ टोलीले दिएको सुझाव अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गरेभन्दा सरकार त्यसमा संवेदनशील नभएकोले संघले बाध्य भएर उक्त कदम चाल्न परेको जनाएको छ ।


मन्त्रिपरिषद्ले सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो भने केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन् ।
डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सोमबार र मंगलबार वार्ता भएता पनि सरकारको अडानले वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने बताएका छन् । चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधान हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १९ दिनदेखि अनसनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएको छ ।

Womui
Womui