प्रहरी ‘इन्काउन्टर’ मा हतियार कारोबारी मारिए

241

छिनछिन खबर
रौतहट, असार १५ । प्रहरीले भारतबाट हतियार तस्करी गर्दै आएको समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा एक हतियार कारोबारीको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ । घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाइ वीरगञ्जका एसएसपी तारिणीप्रसाद लम्सालले बताए ।

‘त्यो बाटोबाट हतियार तस्करी हुन्छ भन्ने सूचनामा बिशेष टोली खटाएका थियौं,’ लम्सालले भने, ‘तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनीहरुले नै गोली चलाए, जवाफी फायरमा एक जनालाई प्रहरीको गोली लागेको हो ।’ घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक भेटिएको उप्रहरीले जनाएको छ ।

मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन । उनी भारतीय भएको आँकलन गरिएको छ । घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो । प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए । पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो ।

Womui
Womui