बलियो सरकारले ल्याएको दुर्बल बजेटले आर्थिक वृद्धि हुँदैनः उद्योग वाणिज्य महासंघ

48

छिनछिन खबर
काठमाडौं, जेठ १७ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य आर्थिक वर्ष २०७५÷७६ लागि पेस गरिएका कार्यक्रमबाट पूरा नहुने जनाएको छ । सरकारले ल्याएको बजेट अपेक्षा अनुसार नभएको समेत महासंघले गुनासो गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक वृद्धि ८ प्रतिशत पु¥याउने बजेटमार्फत सरकारले घोषणा गरेको थियो ।


बिहीबार बजेटबारे धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणाले आन्तरिक रोजगारी, कृषि, पर्यटन र ऊर्जामा बजेटले गरेको व्यवस्था सकारात्मक रहे पनि बजेटले उद्योगको जोड दिनु नसक्नु कमजोरी रहेको बताइन् । उद्योग क्षेत्रको विकासबिना रोजगारी वृद्धि गर्न गाह्रो हुने उनको भनाइ छ । ‘उच्च व्यापार घाटा र दबाबमा रहेको शोधानान्तर स्थितिलाई नियन्त्रणमा ल्याउन उत्पादन वृद्धि गरी निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गर्दै लैजान आवश्यक छ,’ उनले भनिन्, ‘बजेटको प्राथमिकतामा उद्योग व्यवसायलाई अपेक्षाकृत जोड नदिएकोमा निजी क्षेत्रको ध्यानाकर्षण भएको छ ।’

महासंघले कृषि क्षेत्रलाई गरिवी निवारण, रोजगारीको अवसर एवं उद्योगलाई चाहिने कच्चा पदार्थ आपूर्तिको रूपमा विकास गर्ने सोचका साथै व्यक्तिगत वा सहकारीस“ग करार खेती एवं सोको व्यवसायीकरण गर्न बजेटमा व्यवस्था हुनुलाई स्वागतयोग्य भनेको छ । पहिले देश अनि विदेश तथा दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने सोचले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरिए पनि हालका पूर्वाधारहरूलाई युद्धस्तरमा पूरा गर्न आवश्यक रहेको महासंघले जोड दिएको छ । क्षेत्रीय विमास्थलहरूको स्तरोन्नती तथा विस्तार गरी छिमेकी मुलुकहरूसम्म उडान सुरु गरिने कार्यक्रमलाई महासंघले स्वागत गरेको छ । महासंकी अध्यक्ष राणाले बजेट घोषणा गरेर मात्र नहुने बताइन् । बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बलियो सरकारले ल्याएको बजेट अर्थतन्त्रका चुनौती अन्त्य गर्ने खालको नभएको बताए । बजेटमा भनिएझै आन्तरिक रोजगारीलाई जोड दिन सरकारले उद्योगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । व्यापार घाटा विकराल रुपमा बढेको बेला सरकारले उत्पादनलाई जोड दिनेतर्फ ध्यान नदिएको गोल्छाले बताए । सरकारले धेरै वस्तुमा अन्तशुल्क लगाउँदा उद्योग क्षेत्रको प्रवद्र्धन नहुने गोल्छाले बताए । अन्तशुल्क वृद्धिले चोरी निकासी बढ्ने र उद्योगमा लगानी गर्नेहरू आकर्षित नहुने उनले बताए । सरकारले सहकारीलाई जोड दिएकोप्रति निजी क्षेत्रको चिन्ता बढेको गोल्छाले बताए । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यसपालिको बजेट राजनीतिक दलले नभई कर्मचारीतन्त्रले ल्याएको जस्तो देखिएको बताए । आर्थिक समृद्धिको नारा दिएको सरकारले पेस गरेको बजेट नारा भन्दा फरक रहेको उनको भनाइ छ । ‘यो बलियो सरकारले ल्याएको दुर्बल बजेट हो,’ श्रेष्ठले भने ।

Womui
Womui