मेयर कप : छात्रातर्फ जनज्योति मावि विजयी

34

नेपालगन्ज, जेठ ३-
मेयर कप अन्तर बिद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्र्तगत छात्रातर्फको खेलमा जनज्योति मावि विजयी भएको छ । बिहीबार भएको छात्रातर्फको खेलमा जनज्योतिले गुँरास चाईल्डहुड एकेडेमीलाई शून्यका विरुद्ध ७ गोलले पराजित गरेको हो ।

जनज्योतिका तर्फबाट मोनिका जि.एमले ह्याट्रिक गरिन्, भने सलिना बिष्ट, अञ्जली चौधरी, निर्मला बस्नेत र समिक्षा बि.कले क्रमशः १/१ गोल गरे । त्यसैगरी मुनतारा मावि कारकाँदो र अमर मावि बीचको खेल कुनै गोल हुन नसकेर बराबरीमा टुंगिएको छ । जितसँगै जनज्योति मावि ६ अंकका साथ अग्रस्थानमा रहेको छ, भने अमर मावि ४ अंकका साथ दोस्रो स्थानमा छ ।

मुनतारा १ अंकका साथ तेस्रो र गुराँस अंकबिहिन हुदै अन्तिम स्थानमा रहेको छ । छात्र सिनियरतर्फ जिभिएन कलेज नेपालगन्ज र जनज्योति मावि कोहलपुरबीच शुक्रबार तथा चौध बर्ष मुनिको समूहमा पशुपति र जनज्योतिबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । छात्रातर्फको खेल लिगका आधारमा खेलाइएको छ ।

Womui
Womui