साकेला उभौलीको रमझम

111

छिनछिन खबर
खोटाङ, वैशाख १८ । किरात समुदायको बसोबास भएको ठाउँमा साकेलाको रमझम शुरु भएको छ । यो चाड रमाइलोका सथै धुमधामसँग नाचगान गरेर मनाउने गरिन्छ । पूर्वी नेपालको खोटाङ, आखलढुंगा, पाँचथर, झपा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर जस्ता ठाउँमा यो चाडको बाहुल्यता रहेको छ ।

सुनुवार, लिम्बु, राइ, याक्खा लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस,प्राकृतिक विपत्ति नआओस सबै राम्रो होस् भन्ने कामनाका लागि भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष अञ्जना राईले बताइन् ।

 

साकेलाको थानमा पूजा गरेपछि गीतको भाकामा हात खुट्टाले गीतको भका टिप्दै साकेला सिली नाच्न शुरु गरिन्छ । यो समुदायको सभ्यता र इतिहाससँग सम्बन्धित साकेला अन्नबाली लगाउने महिना वैशाखमा पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक महिना दिनसम्म मनाउने गरिन्छ । यसबेला दाजुभाइ दिदिबहिनी आफन्तहरु सबै आफ्नो पहिरणमा सजिएर गोलो घेरामा ढोल र झ्यामटा बजाउँदै एक आपसमा शुभकामना साटासाट गर्दे साकेला मनाउने प्रचलन छ ।

चराचुरुङगी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने चलन छ । यो नाचलाइ अनेक नामले पनि चिन्ने गरिन्छ, साकेन्वा, साकेवा, साकला यसमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षिको क्रियाकलापलाइ चित्रण गर्दे नाच्ने गरिन्छ । यसबेला समुदायमा मिठामिठा परिकार पकाएर साटासाट गरेर खाने ।

सबैजना भेला भएर शुभकामना साटासाट गर्दे गीत गाएर गोलो घेरामा नाच्ने गरिन्छ । विभिन्न जातजातिको बसोबास रहेको समुदायमा पनि जातीय सद्भाव र साँस्कृतिक सहअअस्तित्वका रुपमा साकेला नाच्ने गरेका छन् ।

Womui
Womui