मोदी काठमाडौं नआई सिधै जनकपुर ओर्लने

47

काठमाडौं, वैशाख १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर ओर्लने भएका छन् । यसअघि काठमाडौं आएर जनकपुर जाने तयारी गरिएको थियो ।

तर, उनले अकस्मात काठमाडौं भन्दा पहिला जनकपुर जाने निर्णय गरेका हुन् । मोदी दिल्लीबाट पटनासम्म हवाई जहाजमा र पटनाबाट जनकपुर हेलिकोप्टरमा आउने तयारी गरिएको गृहमन्त्री रामबहादुर थापाले बताए ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर जानेछन् । २ दिने नेपाल भ्रमणका क्रममा मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने छन् । राम जानकी मन्दिरमा पूजा अर्चना गरी साृही दिन मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मोदी काठमाडौं आउने र अर्कोदिन मुक्तिनाथ मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम समेत रहेको थापाले जानकारी दिए ।

Womui
Womui