पन्ना ‘चाचाजी’को अभिनन्दन गरिदै

243

नेपालगन्ज, बैशाख १५-
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ को नेपालगन्जमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको अगुवाईमा आगामी जेठ १८ गते अभिनन्दन गर्न लागिएको हो । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले गुप्तलाई अभिनन्दन गर्ने निर्णय गरेको हो । अभिनन्दन कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गर्ने उक्त बैठकले निर्णय गरेको छ ।

नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन सम्पुर्ण पत्रकार, नेपालगन्जबासीलाई युनियनले अनुरोध गरेको छ । गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् । उनी किरण साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक रहदै आएका छन् । गुप्तले निरन्तर रुपमा अखबार प्रकाशन मात्र होईन, रिर्पोटिङमा समेत आफै खटिएर युवा पुस्तालाई समेत उर्जा दिईरहेका छन् ।

यसअघि गुप्तको नाममा युनियनले पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष स्थापना गरिसकेको छ । उक्त पुरस्कार आगामी भदौं महिनामा चाचाजीको जन्मदिनको अवसर पारेर बाँकेका एक जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले नेपाल प्रेस युनियन बाँकेका केन्द्रिय पार्षद शुक्रऋषि चौलागाई नेपाल पत्रकार महासंघ प्रदेश पाँचको सचिव पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेको छ ।

Womui
Womui