नेपालगन्जमा शनिबारबाट मेयर कप रात्री कब्बडी प्रतियोगिता हुने

143

नेपालगन्ज, बैशाख ७-
मेयर कप रात्री कब्बडी प्रतियोगिता नेपालगन्जमा शनिबार(आज)बाट सुरु हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र मिशन बिक्ट्री नेपालको आयोजनामा वडा स्तरिय कब्बडी प्रतियोगिता हुने भएको हो । लोप हुन लागेको कब्बडी खेलको विकास र आठौं राष्ट्रिय खेलकुदमा टेवा पुर्याउने उद्देश्यले कब्बडी प्रतियोगिता आयोजना गर्न लागिएको बिक्ट्री नेपालका अध्यक्ष राहुल अन्सारीले जानकारी दिए ।

स्थानीय सल्यानी बंगलाको स्कुलमा हुने उक्त प्रतियोगितामा २० वटा समुहले भाग लिएको आयोजकले जनाएको छ । एक हप्ता सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुने समुहलाई २५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको बिक्ट्री नेपालले कमजोर, पछाडी परेका समुदाय, महिला, बालबालिका लगायत युवा युवतीको प्रतिभाको विकासका लागि काम गर्दै आएको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को सहकार्यमा हुने प्रतियोगितामा उत्कृष्ट हुने १० जना खेलाडीलाई आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि तालिम समेत दिईने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले बताए । यस्तो प्रतियोगिता करिव १५ बर्षपछि हुन लागेको हुनाले धेरै युवा बर्गको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बताएका छन् ।

Womui
Womui