नारीलाई शिक्षित बनाउन भर्ना अभियान

124

छिनछिन खबर
काठमाडौं, वैशाख ५ । नारी शिक्षित हुन जरुरी छ । एउटा परिवारमा नारी शिक्षित छिन् भने त्यस घरका परिवार पनि शिक्षित हुन्छन् । किनकि पुरुषको तुलनामा महिलाले घरमा धेरै समय विताउनु पर्ने हुन्छ । छोरा छोरीको पालन पोषण स्याहारसुसार गर्ने काममा पनि महिला नै बढी संलग्न हुन्छन् । बालबालिकाको पहिलो पाठशाला भनेको घरबाट नै सुुरु हुन्छ । आमा शिक्षित भएको बच्चाले घरबाट नै धेरै कुरा सिक्ने अवसर पाउँछन् ।
देशकै उत्कृष्ट छात्रा विद्यालयमध्येको एक पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय काठमाडांैमा शिशुदेखि कक्षा ९ सम्म भर्ना अभियान सुरु गरिएको छ । विद्यालयका शिक्षक र विद्यार्थी घरघरमा पुगेर भर्ना अभियानबारे सचेत गराएका थिए ।

Womui
Womui