राजमार्ग सफाईमा आफै जुटे स्थानीय बासिन्दा

105

नेपालगन्ज-पुर्वपश्चिम राजमार्ग आसपासमा बढेको फोहोरमैला ब्यवस्थापनमा स्थानीय बासिन्दा जुटेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्माका स्थानीय बासिन्दा सरसफाई अभियानमा जुटेका हुन् । महिला भावात्मक एकता मञ्चको सहकार्यमा खासकुश्मा खानेपानी तथा सरसफाई समितिले गरेको सरसफाईमा स्थानीय बासिन्दाले स्वतःस्फर्त रुपमा सहभागी भएका थिए ।

राजमार्गमा पर्ने खासकुश्मास्थित झोलुंगे पुल, कुसुम टोल, रानीगजेरी लगायत ठाउँमा सरसफाईका क्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बुद्धिजिवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी लगायतले सहभागिता जनाए । सो क्रममा वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले राजमार्गलाई फोहोरमुक्त बनाउन सरसफाई अभियान गरिएको बताए ।

विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर समय–समयमा सरसफाईलाई निरन्तरता दिईने उनले बताए । राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले गाउँपालिकाले छोएको पुर्वपश्चिम राजमार्गलाई सुरुमा फोहोरमुक्त बनाएर अन्य टोलमा पनि सरसफाईलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

Womui
Womui