देश सफल हुन स्थानीय तह सफल हुनुपर्छः प्रधानमन्त्री ओली

61

छिनछिन खबर
काठमाडौं, चैत १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेसनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महशुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने उनकोे भनाइ छ । स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको ओलीले बताए ।
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन समेत दिए ।

Womui
Womui