राप्तीसोनारी गाउँपालिकाको १६ वटा विधेयक छलफलमा

60

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिकाले विभिन्न १६ वटा विधेयक छलफलमा ल्याएको छ । गाउँपालिका कार्यालय अगैयामा बुधबारबाट सुरु भएको दोस्रो गाउँसभाले उक्त विधेयकलाई छलफलमा ल्याएको हो । जसअनुसार प्रशासकिय कार्यविधि(नियमित) गर्ने विधेयक–२०७४, एफ.एम रेडियो(ब्यवस्थापन तथा सञ्चालन) कार्यविधि, कृषि ब्यवसाय प्रर्वद्धन विधेयक, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक, स्थानीय सरकारबाट गरिने बजार अनुगमन निर्देशिका, गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको विधेयक, सहकारी विधेयक रहेका छन् ।

यस्तै स्थानीय राजपत्र प्रकाशन सम्बन्धी विधेयक–२०७४, सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि, उद्योग कम्पनी फर्म दर्ता नबीकरण सञ्चालन सम्बन्धी विधेयक, बसोबास परिचय पत्र सम्बन्धी कार्यविधि, वन तथा वातावरण सम्बन्धी विधेयक, कर महसुल, दस्तुर शुल्क रोयल्टी सम्बन्धी विधेयक, उपभोक्ता हक संरक्षण सम्बन्धी कार्यविधि र कर्मचारी सम्बन्धी कार्यविधि–२०७४ छलफलका लागि टेबुल भएको प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले जानकारी दिए ।

उक्त विधेयकमाथी सभाका सदस्यहरुले आवश्यक सल्लाह, सुझाव दिइसकेपछि आगामी चैत १४ गते पुनः बस्ने गाउँसभाले स्वीकृत गर्ने कार्यतालिका रहेको उनले बताए । सभामा सदस्यहरुले राखेका समसामयिक प्रश्न र जिज्ञासाको अध्यक्ष लाहुराम थारुले जवाफ दिएका थिए । गाउँपालिका अध्यक्ष थारुले दोस्रो गाउँसभा कानुन निर्माण गर्ने विषयमै केन्द्रित भएको बताए । ‘सबै सदस्यहरुलाई सुहाउँदो किसिमको नियम÷कानुनको आवश्यकता सहित सल्लाह सुझाव दिन भनेका छौं, उहाँहरुको सुझावको आधारमा बिधेयकलाई सभाले स्वीकृत गर्नेछ,’ उनले भने । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँमा स्थानीय सरकार पुगेपनि आवश्यक कानुन नहुँदा जनताले सोचे अनुसारको काम नदेखिएको बताउँदै अब काम गर्न धेरै सहज हुने विश्वास ब्यक्त गरिन् ।

Womui
Womui