नेपालगन्जमा दिन दहाडै जब हात्ती झुल्कियो…….

80

नेपालगन्ज-नेपालगन्जमा भोली बिहीबारबाट सञ्चालन हुन लागेको प्रादेशिक महोत्सवका लागी झाँकीमा मुख्य आर्कषकका रुपमा रहेको हात्ती बुधबार नै ल्याईएको छ । बजारमा अचानक हात्ती देखेपछि स्थानीय बासिन्दा जम्मा भएका थिए । केहीबेर सम्म युवा युवतीहरु हात्तीसँगै सेल्फी खिचाउन व्यस्त भए । पहिलो पटक आँखा अगाडी हात्ती देख्न पाउँदा कतिपय हर्षित भए ।

हात्तीसँग सेल्फी खिचाउँदै गरेका मिनराज शाहीले भने, ‘अहिले सम्म हात्ती देखेको थिएन, नेपालगन्जमा देख्न पाईयो ।’ आयोजकका अनुसार हात्तीलाई सिंगारेर झाँकीमा सहभागी गराईनेछ । उक्त हात्तीलाई जिल्ला वन कार्यालय बाँके परिसरमा राखिएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सव उद्घाटन हुनु भन्दा अगाडी उद्योग वाणिज्य संघको कार्यालय त्रिभुवन चोक पुर्वलाईनबाट हात्ती सहितको झाँकी सुरु हुने प्रचार–प्रसार संयोजक बसन्त लामिछानेले जानकारी दिए । झाँकीमा हात्तीका साथै विभिन्न कला, सँस्कृती, भेषभुषालाई पनि झल्काईनेछ ।

 

 

Womui
Womui