घर दैलोमै आँखा सेवा

36

नेपालगन्ज-नेपाल नेत्रज्योती संघ, फत्तेबाल आँखा अस्पताल नेपालगन्जले बाँकेको विभिन्न गाउँपालिकामा पुगेर घरदैलोमै सेवा दिएको छ । गाउँपालिकासँगको सहकार्यमा प्रत्येक वडामा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको हो । हालसम्म शिविरमा ३ हजार ३ सय ७ जना भन्दा बढीको निःशूल्क आंखा परिक्षण गरिएको छ । यस्तै ९ सय ३१ जनालाई मोतीबिन्दु अप्रेशनका लागि ५ सय ५ सहुलियतमा फत्तेबाल आँखा अस्पताल रिफर गरिएको सामुदायिक कार्यक्रम इन्चार्ज उमेर सादिकले जानकारी दिए ।

अस्पतालले प्रथम चरणमा जानकी गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकाको ६ वटै वडामा निःशूल्क आँखा शिविर सञ्चालन गरेको र अहिले स्थानीय तहमा जनप्रतिनिधि भएको र उनीहरुमा समाजसेवा तथा जवाफदेहिताको भावना हुने भएकोले समन्वय र सहकार्य गर्न निकै सहज भएको अस्पताल प्रबन्धक डा. कौशलकुमार बर्माले बताएका छन् ।

Womui
Womui