कान्जी हाउस, रंगशाला र गौशाला निर्माण गर्न जग्गा निरिक्षण

110

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कान्जी हाउस, रंगशाला र गौशाला निर्माणका लागी वडा नम्वर २३ स्थित हिरमिनियामा सरकारी जग्गा निरिक्षण गरिएको छ ।


उपमहानगरपालिकाको वडा नम्वर २३ हिरमिनियामा जग्गा निरिक्षण गरिदै ।

उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, वडाअध्यक्ष मोहम्मद हुसेन शेख, कर्मचारी लगायत टोलीले निरिक्षण गरेका हुन् । करिव ७ विघा जग्गामा कान्जी हाउस, रंगशाला र गौशाला निर्माण गर्ने उपमहानगरपालिकाको योजना छ । उक्त जग्गाको उपमहानगरपालिकाका प्राविधिकले नापजाँच समेत गरेको उपमेयर थापाले जानकारी दिईन् ।

Womui
Womui