३२ जिल्लामा निर्वाचन जारी, उत्साहपूर्ण सहभागिता

99

काठमाडौं- मुलुकका ३२ जिल्लामा आईतबार(आज) पहिलो चरणको प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान चलिरहेको छ । हिमाली र उच्च पहाडी जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएको हो । निर्वाचन आयोगका अनुसार प्रदेश नम्वर ५ का २, प्रदेश नम्वर ६ का ७ र प्रदेश नम्वर ७ का ४ तथा प्रदेश नम्वर १ का ७, प्रदेश नम्वर ३ का ६, प्रदेश नम्वर ४ का ६ जिल्ला निर्वाचन सुरु भएको हो ।

निर्वाचनमा उत्साहपूर्ण रुपले मतदाता सहभागी भईरहेको निर्वाचन आयोगले जनाएको छ । ‘चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधी सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुन लागेको हो ।

 

 

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग अपिल समेत गरेको छ ।

Womui
Womui