वाइसिएल चौथो जिल्ला सम्मेलन नेपालगन्जमा

187

नेपालगन्ज, माघ ८-
नेकपा माओबादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपाल बाँकेको एकताको चौथो जिल्ला सम्मेलन सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच माओबादी केन्द्रका नेता एवम् ५ नम्बर प्रदेशका इन्चार्ज बर्षमान पुनले सम्मेलनको उद्घाटन गरे । उद्घाटन अघि नेपालगन्जको धम्बोझी चोकबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै कार्यक्रम स्थल बालमन्दिर पुगेको थियो । ¥यालीमा माओबादी निकट युवाहरुको सहभागिता रहेको वाइसिएल बाँकेले जनाएको छ ।

ycl

कार्यक्रममा बोल्दै वाइसिएलका केन्द्रिय उपाध्यक्ष लक्ष्मी चौलागाई शैलेन्द्रले चौतर्फी रुपमा वाइसिएलको खोजी हुन थालेपछि केन्द्रमा उमेर विवादका कारण एकता हुन नसकेको बताउँदै देशव्यापी रुपमा एकतालाई अभियानका रुपमा लैजाने र आक्रमणकारी विरुद्ध प्रत्याक्रमण थाल्ने चेतावनी दिए । कार्यक्रममा वाइसिएलका सचिव नरेन्द्र पाण्डे जेम्स र कोषाध्यक्ष सुवोधराज शेर्पालीले लगायतको उपस्थिती रहेको थियो । आइतबार(आज) सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने वाइसिएल बाँकेका सचिव गिरीराज भुसालले जानकारी दिएका छन् ।

Womui
Womui