अन्ततः अख्तियार प्रमुख लोकमानको पद गुम्यो

49

arniko-suppliers-copy

काठमाडौं, पुस २४-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पद गुमेको छ । सर्वोच्च अदालतले उनलाई अयोग्य हुने फैसला सुनाएपछि पद स्वतः गुमेको हो । अदालतका न्यायाधीश इश्वर खतिवडा, आन्नदमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलाशले आइतबार अख्तियारको प्रमुख आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको हो । कार्कीको उच्च नैतिक चरित्र र २० वर्षे सेवा अवधी समेत नपुग्ने सर्वोच्चको फैसलामा भनिएको छ ।

Lok Man Sin Karki

सर्वोच्चले म्याद तामेलीमा अवरोध गर्ने कार्कीका ज्वाई प्रवल थापा, वडा सचिव सरिता राई, नकुल गौतम, नेपाल प्रहरीका सई र सर्वोच्च तामेलदार शम्भु खत्रीलाई अवहेलाना ठहर हुने फैसला अदालतले सुनाएको छ । यो मुद्दामा निवेदक र सरकारी पक्षका कानुन व्यवसायीले पुस ७ गते बहस गरेका थिए । प्रमुख राजनीतिक दलले २०६९ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने समझदारी गरेका थिए ।

सोही समझदारीमा राजनीतिक समस्या समाधान गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी राजनीतिक संयन्त्र गठन गरिएको थियो । २०६९ चैत ३ गते बसेको संयन्त्रको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि संवैधानिक परिषद्लाई सिफारिस गर्ने निर्णय लिएको थियो । उक्त सिफारिसमा टेकेर परिषद्ले कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेको थियो ।

Womui
Womui