सक्रिय हुदै पर्यटन पत्रकार संघ

121

arniko-suppliers-copy

नेपालगन्ज, पुस २१-
बाँकेमा क्रियाशिल पत्रकारहरु आवद्ध भएको संस्था पर्यटन पत्रकार संघले आफ्नो सक्रियता बढाएको छ । संघ बाँकेको बिहीबार सम्पन्न पहिलो बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । संघका अध्यक्ष अमृता केसीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले संघको अधिवेशन चाडै गरी समितिलाई पुर्णता दिने निर्णय गरेको छ । यस्तै पर्यटन क्षेत्रसँग सरोकार राख्ने जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीसँग भेटघाट गर्ने निर्णय भएको छ ।

बैठकमा पर्यटन पत्रकार संघ बाँकेका पदाधिकारी ।
बैठकमा पर्यटन पत्रकार संघ बाँकेका पदाधिकारी ।

यसैगरी संघको संस्थागत सहल्लाकारका रुपमा कोहलपुर उद्योग व्यापार संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरलाई पनि मनोनित गर्ने निर्णय गरिएको सचिव मधु पौडेलले जानकारी दिएका छन् । बैठकमा बोल्ने अधिकांसले बाँकेमा ओझेलमा परेका पर्यटकिय क्षेत्रलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन पहल गर्नुपर्ने बताएका थिए । बैठकमा आमन्त्रित पत्रकार अर्जुन ओलीले बाँकेमा पर्यटनका धेरै सम्भावित क्षेत्र रहेको र ती क्षेत्रको प्रर्वद्धनका लागी पर्यटन पत्रकार संघले भुमिका निभाउनुपर्ने बताए ।

संघका अध्यक्ष केसीले पत्रकारिताका माध्यमबाट बाँकेमा रहेको सम्पुर्ण पर्यटकीय क्षेत्रलाई बाहिर ल्याउन आफुहरुले सक्रियता देखाउने प्रतिवद्धता जनाईन् । ‘यसका लागी जिल्लामा रहेका पर्यटन क्षेत्रसँग सरोकार राख्ने सरकारी र गैर सरकारी संस्थासँग हाम्रो सहकार्य हुन आवश्यक छ,’ उनले भनिन् । बैठकमा संघका उपध्याक्ष कृष्ण ओली, कोषाध्यक्ष निर्मल आचार्य, सदस्य बिमला चौधरी, केशव राना र रुबी साईले पनि आफ्नो धारणा राखेको सचिव पौडेलले जानकारी दिएका छन् ।

Womui
Womui