साइप्रस जाने लालसामा ३५ युवा ठगिए

47

काठमाडौं, कात्तिक २५-

गंगबुस्थित सुमित्रा कन्सल्टेन्सीबाट साइप्रस जान लागेका ३५ युवाहरु ठगिएका छन्। कन्सल्टेन्सीले एक युवाबाट साइप्रस पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ५ लाख रुपैयाँ असुल्दै आएको थियो । युवा ठगिएपछि प्रहरीलाई जानकारी गराएपछि महानगरीय अपराध महाशाखाले  कन्सल्टेन्सी संचालक म्याग्दी भकम्ली २ घर भइ काठमाडौंका बस्दै आएका अमरबहादुर विकलाई पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए। बिकले गैर कानुनी रुपमा युवाहरुलाई साइप्रस पठाउने गरेको पन्थीले बताए। बिकले साइप्रस जाने लालसा बाेकोका युवाहरुबाट रकम असुली नेपालमै भारतीय र युएइका मानिसहरु बोलाएर अन्तर्वातासमेत लिने गर्दथे। बिकले नेपालबाट दिल्ली, दिल्लीबाट युएइ हुदैँ युवाहरुलाई साइप्रस पठाउने गरेका थिए।

Womui
Womui