जुवा खालमा प्रहरीको छापा

44

75x600dd-restyrabt

नेपालगन्ज, कात्तिक ६-
दिन दहाडै चलिरहेको जुवा खालमा प्रहरीले शनिबार छापा मारेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ देवाफुलबारीमा रहेको सिद्धान्त गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जले छापा मारेको हो । जुवा खेलिरहेको अवस्थामा एक महिला सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

kauda

वडा प्रहरी इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दका अनुसार देवाफुलबारी निवासी ३५ बर्षिय एतुन सल्मानी, ३२ बर्षिय प्रभाकर शाक्य, २६ बर्षिय पदम श्रेष्ठ, ३२ बर्षका अर्जुन कालिदास, २६ बर्षिय सिद्धान्त गुरुङ र ५० बर्षिया रानु थापा रहेका छन् । उनीहरुको साथबाट नगद ७ हजार ६ सय ४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालयमै राखिएको छ ।

nmc-college-1000x75-pixel

Womui
Womui