बाघको आक्रमणबाट महिलाको मृत्यु

34

नवलपरासी, कात्तिक ५-
नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ । प्रहरी चौकी चोरमाराका प्रहरी नायब निरीक्षक हरिद्वार धोवीका अनुसार बिहीबार बिहान ९ बजेतिर जंगलमा घाँस, दाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो । जंगल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Womui
Womui