सूचना टाँस्न सर्वोच्चको टोली दोस्रो दिन लोकमान निवासमा

48

काठमाडौं, असोज २०-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दामा म्याद बुझाउन दोस्रो दिन पनि सर्वोच्चको टोली कार्की निवास गएको छ । बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं–१० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कर्मचारी कार्कीको निवासमा सूचना नटाँसी फर्किएको थियो । सर्वाेच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उनको निवास बानेश्वर हाइट पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडा सचिवलाई रोहवर राख्नुपर्ने कानुनी व्यवस्था भएपनि सचिव राई नआएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको थियो ।

Lok Man Sin Karki

सर्वाेच्च अदालत नियमावली र मुलुकी ऐनमा सम्बन्धित व्यक्ति वा उसको स्थायी ठेगानामा म्याद टाँस्नु पर्ने व्यवस्थाका कारण सर्वोच्चको टोली दोस्रो दिन कार्की निवास जान लागेको हो । राष्ट्रपतिको कार्यालय शितल निवासलाई समेत विपक्षी बनाइएको उक्त सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ । कार्कीका नाममा तामेलीका लागि पठाइएको सूचनामा भनिएको छ, ‘यस अदालतबाट मिति २०७३/५/३१ पुनरावलोकनको लागि निस्सा प्रदान गर्ने आदेश भएकोले सो आदेशको प्रतिलिपि साथै राखी जानकारीको निम्ति यो सूचना पठाइएको छ ।

सो मुद्दामा आफ्नो सबुत प्रमाण लिई तपाई आफैं वा ऐनबमोजिम वारेसलाई उपस्थित हुन पठाउनु होला । सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।’ वडासचिव सम्पर्कमा नआएपछि सिधै बानेश्वरस्थित घर पुगेको अदालत टोली त्यहाँ कार्की परिवार नबसेको थाहा पाएपछि म्याद नटाँसी फर्केको थियो । अदालतको आदेश भएको समयदेखि कार्कीसँग भेट हुन नसकेपछि सर्वोच्च कर्मचारी निवास पुगेका थिए । कार्की अदालतको आदेश आएको समयदेखि विदेश भ्रमणमा रहेका कारण म्याद तामेल हुन सकेको थिएन ।

Womui
Womui