प्रधानमन्त्री दाहाल सिक्टा सिचाई आयोजनाको निरिक्षणमा

101

नेपालगन्ज, असोज १५-
प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार सिक्टा सिचाई आयोजनाको निरीक्षण गरेका छन् । सेनाको हेलिकप्टरबाट आएका प्रधानमन्त्रीले अगैयास्थित निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मुल नहर निरिक्षण गरेका हुन् । सो क्रममा उनले आयोजनाको काममा कुनैपनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिए ।

pm-dahal-sikta

दाहालले भने, ‘यो राष्ट्रको आफ्नै लगानी रहेको बहुप्रतिक्षित सिंचाई आयोजना हो, त्यसैले यसको काममा कुनै कमजोरी हुन नदिनु होला ।’ प्रधानमन्त्रीले ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिदै भने, ‘राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहान गर्छ, त्यसैले जनताको काम गर्दा तपाईहरु कत्तिपनि नडराउनुस् ।’ प्रधानमन्त्री दाहालले गुणस्तर र पारदर्शीतालाई विशेष रुपले ख्याल गर्न कर्मचारी र निर्माण पक्षलाई निर्देशन पनि दिए । उनले उपलब्ध बजेट खर्च हुन नसक्दा मुलुक संधै पछाडी पर्ने गरेको उल्लेख गर्दै अब यस्तो प्रवृत्तीको अन्त्य हुनुपर्ने धारणा राखे ।

pm-dahal

दाहालले शनिबार नै कैलालीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको निरीक्षण गरे । साथै उनले प्यूठान जिल्लाको लुङबाहनेस्थित पहिरो पीडितलाई समेत भेटेका थिए । त्यस अवसरमा मध्यपश्चिम क्षेत्र र बाँकेका विभिन्न अंगका सुरक्षाका प्रमुख, सिक्टा सिचाई आयोजनाका कर्मचारी, लगायतको उपस्थिती रहेको थियो ।

तस्बिर स्रोत : जिल्ला प्रहरी कार्यालय बाँके 

Womui
Womui