सलमानलाई नयाँ अपार्टमेन्ट खोज्ने चटारो

40

मुम्बई, भदौ ३०–
दबंग स्टार सलमान खान र युलिना वंतूर डेटिङमा रहेको र चाडै नै विवाह गर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्ने गर्दछ । तर अहिले सलमान नयाँ अपार्टमेन्टम सर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्न थालेको छ । भारतीय संचार माध्यमले सलमान खानले आफू बस्दै आएको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट छाड्न लागेको बताएका हुन् ।

Salaman

संचारमाध्यमले सलमानले आगामी नोभेम्बरमा युलियासँग विवाह गर्न लागेको र यसका लागि ग्यालेक्सी अपार्टमेन्ट छाडेर बान्द्रामा रहेको लिटल स्टार बिल्डिङमा सर्न लागेको उल्लेख गरेका छन् । नयाँ अपार्टमेन्टको हाल रंगरोगनको कार्य भइरहेको र घर तयार भएपछि सलमान यलिनासँगै उक्त घरमा सर्ने बताइएको छ । उनीहरुले सलमानको परिवार पनि सो घरमा सर्ने बताएका छन् । तर सलमान तत्काल ग्यालेक्सी अपार्टमेन्ट बेच्ने सोचमा नरहेको पनि बताइएको छ। उनी विगत चालिस वर्ष उक्त अपार्टमेन्टमा परिवारका साथ बस्दै आएका थिए ।

Womui
Womui